दुर्गमबाट सुगम बनेको विजयनगर

सेयर गर्नुहोस

दिपक के.सी.
फागुन ६

कपिलवस्तुको दुर्गम स्थानिय तह भनेर चिनिएको विजयनगर गाउँपालिका । अहिले दुर्गम पहिचान परिर्वतन गर्दै सुगम र विकाशोन्मुख गाउँपालिकाको पहिचान बनाउन सक्षम भएको छ । ढृढ अठोट र आत्म विश्वासले गाउँपालिकाको पहिचान नै परिर्वतन गर्न सफल भएको छ । गाउँपालिकाको पहिचान बदल्ने श्रेय त्यहाँका जनप्रतिनिधीलाई जान्छ ।
निर्वाचनताका दुर्गम पहिचान बनाएको गाउँपालिकाले जनप्रतिनिधी पाए संगै सुगम र विकासोन्मुख गाउँपालिका बनेको छ । २०७४ को निर्वाचन पछि गाउँपालिकाको अध्यक्ष पदमा आएका जनप्रतिनिधी गोपाल थापाको सक्रियता र सिङ्गो गाउँपालिकाको विकास गर्ने घिड्किसोले अहिले गाउँपालिकाले विकासको घुम्टो उर्घार्दै सुगमता तर्फ डोराएको छ ।
कच्ची, हिलाम्ले ,खल्डाखुल्डी र साघुराँ सडक । खुल्ला क्षेत्रमा शौच गर्ने समुदाय, गाउँको बाटो हिड्दा नाक थुन्नु पर्ने बाध्यता, चरम गरिबी र बेरोजगारले भरीएका बस्ति । सडक,विजुलीले नभेटाएको जंगल भित्रको गाउँ । शिक्षामा नामका विद्यालय अस्तव्यस्त व्यवस्थापन । बर्षायाममा नदि नाला उर्लादा एक गाउँबाट अर्को गाउँ पुग्न ज्यानको जोखिम ।
गाउँपालिकाले जनप्रतिनिधी पाए पछि जंगल भित्रको दुर्गम गाउँ जवाबैराठमा पनि विकासको लहरले छोएको छ । मानव सुचांकको पुछारमा रहेको गाउँ केहि उकालो लागेको छ । अन्धकार बस्तिमा विद्युत्तको पहुँच पुगे संगै त्यहाँका बासिन्दाको मुहारमा उज्यालो छाएको छ । हिलाम्मे सडक उर्लादो बाढिले बर्खायाममा अनकन्टार बन्ने गाउँमा पुल र सडक निर्माण पछि बजार संग सम्बन्ध जोडिएको छ ।

स्वास्थ्यमा पहुँच
दुर्गमलाई सुगम बनाउने अठोट बोकेका ढृढ संकल्प लिएका अध्यक्ष थापाले प्रदेश देखि केन्द्र सम्म धाएर गाउँपालिकामा विभिन्न विकासका योजनाहरु ल्याएर कार्यान्वयन गर्न सफल रहे । स्वास्थ्य सेवाको पहुँचमा निकै पछाडी रहेको पालिकामा अहिले आधाभूत स्वास्थ्य सेवामा बाहिर उपचारका लागि जानु पर्ने बाध्यता हटेको छ । गाउँपालिकाको सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्ने गरी एम्बुलेन्स सेवा, स्वास्थ्य चौकी देखि लिएर आधारभूत स्वास्थ्य इकाई केन्द्रको स्थापना गरि सर्वसुलभ रुपमा सेवा प्रदान गरेको छ । छिमेकी पालिकाहरु भन्दा पूर्वाधार विकासमा गाउँपालिकाले फड्को मारेको स्थानियले बताउछन । बर्थिङ्ग सेन्टर नहुदाँ घरमा नै सुत्केरी गराउदाँ हुने जोखिम पनि अहिले कम भएको छ । गाउँपालिकाले तिन वटा बर्थिङ्ग सेन्टर , ३ वटा इकाइ स्वास्थ्य र १ वटा आय्ुर्वेदिक अस्पताल संचालनमा ल्याएको छ । १५ शैयाको अस्पताल निर्माण काम पनि अगाडी बढेको अध्यक्ष थापाले बताउनु भयो । स्वास्थ्यमा सबै नागरिकको सहज पहँुचका लागि गाउँपालिकाले हरेक आर्थिक बर्ष स्वास्थ्य क्षेत्रमा ठूलो रकम विनियोजित गरेको अध्यक्ष थापाले बताउनु भयो ।

lगाउँपालिकाले संचालन गरेको एम्बुलेन्स

शिक्षामा सुधार
शिक्षा क्षेत्रमा छात्राहरुलाई पढाई प्रति आर्कषित गर्न हरेक बर्ष छात्रावृत्ती कार्यक्रम संचालन गर्दै ६ कक्षा माथिका छात्राहरुलाई साइकल ,शैक्षिक सामाग्री वितरण गाउँपालिकाले गर्दै आइरहेको छ । छोरी पढाउ अभियानलाई सार्थकता दिन र छोरीलाई नियमित विद्यालय आउने वातावरण सिर्जना गर्न छात्राबृत्ती संगै साईकल वितरण समेत गरेको छ । ५ बर्षे कालकाल अवधिमा ६ सय संख्यामा साइकल वितरण भइसक्ने अध्यक्ष थापाले जानकारी दिनु भयो ।
विद्यालयको पूर्वाधार र भौतिक विकासमा पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । पालिकामा रहेका ५३ सामुदायिक विद्यालय र मदरसाहरुमा ३० विद्यालयमा भवन निर्माण र अन्य शैक्षिक संस्थाहरुमा वाउण्ड्रीवाल लगायतका भौतिक संरचनाका काम भएका छन ।

 

भौतिक पूर्वाधारमा फड्को
स्थानिय जनप्रतिनिधी पाए संगै गाउँपालिकाले भौतिक पूर्वाधार विकास तर्फ पनि फड्को मारेको छ । ५ बर्षको कार्यकाल पुग्दै गर्दा गाउँपालिकामा ४६ किमी सडक कालोपत्रे सम्पन्न भएको छ । ५० किमि भन्दा धेरै सडकको स्तर उन्नती भएको छ । गाउँ भित्र करिब ४० किमि सडक पिपिस भएको गाउँपालिकाले जनाएको छ । यस अबधी २० किमि नया सडक खोलिएको समेत अध्यक्ष थापाले बताउनु भयो । कालोपत्रे निर्माणाधिन १२ किमि सडक पनि यसै आर्थिक बर्ष सम्पन्न हुने छ ।
गाउँपालिकाले आफ्नै प्रशासनिक भवन संगै वडा नं. २,४, ६ र ७ नं. वडाको वडा प्रशासनिक भवन निर्माण सम्पन्न गरेको छ । विभिन्न वडाहरुमा गरी १२ वटा सामुदायिक भवन निर्माण गरेको छ । बर्खायाममा बढिबाट जनधनको क्षतिलाई कम गर्न गाउँपालिकामा ४ वटा झोलुङ्गे पुल निर्माण भएका छन । लोहोरौला—वालागंज , उज्वलपुर—भगिरामपुर, नौरंगिया—डालपुर—वनखेत, जोड्ने चिराई, विसवा नदिमा झोलुङ्गे पुल निर्माण भईसकेको छ भने नौडिहवा—गोबरडिहवा गाउँ जोड्ने विसवा नदिमा झोलुङ्गेपुलको शिलन्यास भई निर्माण काम सुरु भएको छ ।यस्तै गुगौली —नेवलागंज जोड्ने विसवा नदिमा आरसिसि पुल निर्माण भएको छ । शुद्ध पिउने पानिका लागि ४ वटा ओभरहेड ट्यांकी निर्माण भइरहेको र ५ वटाको सम्भाव्यता अध्ययन भएको गाउँपालिकाले जनाएको छ ।

लोकप्रिय कार्यक्रम
गाउँपालिकाले यसै आर्थिक बर्ष देखि सुरु गरेको पहिलो छोरीको खातामा १५ हजार कार्यक्रम अहिले निकै लोकप्रिय बनेको छ । छोरी बचाउ छोरी पढाउ भन्ने उद्देश्य सहित संचालनमा ल्याइएको सो कार्यक्रम निकै प्रभावकारी भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पहिलो छोरीको बैंक खाता खोली दिने र १५ हजार जम्मा गरिदिने जुन रकममा परिवारको तर्फबाट पनि केहि रकम जम्मा गर्नु पर्छ । छोरीको नाममा रहेको रकम २० बर्ष सम्म प्रयोग गर्न पाइदैन जसले गर्दा छोरीको उच्च शिक्षामा सो रकमले सहयोग पुग्ने अध्यक्ष थापाले बताउनु भयो । कार्यक्रम लागु पछि ३५ जना छोरीको खातामा रकम जम्मा भएको अध्यक्ष थापाले बताउनु भयो ।

Facebook Comments Box