माघ २९ गते साझ देखि फागुन ३ गतेसम्म नेपाल-भारत सिमा बन्द हुने

नेपाल-भारत सीमानाका बन्द हुने भएका छन्। भारतको उत्तराखण्डमा हुन गइरहेको विधानसभा निर्वाचनका लागि नेपाल-भारत सीमानाका बन्द गरिने भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्धराज उपाध्यायले जानकारी दिए। उनका अनुसार माघ २९ गते साझ देखि फागुन ३ गते बिहानसम्म नेपाल-भारत सीमानाका बन्द हुनेछन्।
नेपाल-भारत जोड्ने दार्चुला र बैतडीका सीमा नाकाहरु बन्द हुने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार हालसम्म कुनै औपचारीक जानकारी नआएपनि यहाँको पुरानो चलनचल्ती अनुसार निर्वाचन अवधिभर ४ दिन सीमानाका बन्द हुनेछन्।
Facebook Comments Box
