काेविड संक्रमणलाई भयावह बनाई एमाले नेतृत्वकाे सरकार भष्ट्राचार मात्र गर्याे : सांसद कमाल

सेयर गर्नुहोस


कपिलवस्तु , माघ २२ । जिल्लाकाे बहादुरगंजमा आयाेजित नेपाली कांग्रेसकाे पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै क्षेत्र १ का सांसद अतहर कमालले नेकपा एमालेलाई भ्रष्टाचार गरि देशकाे अर्थतन्त्रलाई धरासायी गरेकाे आराेप लगाएका छन ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष अमरसिंह पुनकाे प्रमुख अतिथ्यता तथा महामन्त्री सुरेन्द्रराज आचार्यकाे विशिष्ट आतिथ्यतामा कृष्णनगर नगरपालिकाका एक हजार बढी समर्थकका साथ स्वतन्त्र जितेका नगरप्रमुख रजत प्रताप शाहलाई पार्टी प्रवेश गराउने क्रममा सांसद कमाले कम्युनिस्टले चार सालकाे आफ्नाे कार्यकालमा भ्रष्टाचार गरि देशलाई धरासायी बनाएकाे आराेप लगाएका थिए । सांसद कमालले एमाले अध्यक्ष केपी ओलीकाे सरकारले काेराेनाकाे संक्रमणका समय भयकाे माहोल सृजना गराई काेविडकाे नाममा कराेडाैंकाे भ्रष्टाचार गरि सर्वसाधारणलाई समस्यामा परेकाे आराेप लगाउदै अहिलेकाे कांग्रेसकाे सरकारले सिमा नाका खाेल्याे र सामान्य जनजीवन गराएकाले बढी लाेकप्रिय हुँदै गएकाे बताए ।

काेविड संक्रमणका कारण पनि प्रवेश कार्यक्रममा उपस्थित भएका नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेस देशकै सबभन्दा लाेकतान्त्रिक र समावेशी पार्टी रहेकाे प्रदेश महामन्त्री एवं पुर्व कृषि मन्त्री सुरेन्द्र राज आचार्यले बताउदै नगरप्रमुख रजत प्रताप शाहलाई सफल कार्यकालकाे शुभकामना दिनुभएकाे थियाे ।
कृष्णनगरकाे बहादुरगंजमा आयाेजित बृहत् पार्टी प्रवेश कार्यक्रममा प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य , प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह , अतहर कमाल तथा बुद्धभुमी नगरपालिकाका नगरप्रमुख केशव श्रेष्ठ , कपिलवस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंह लगायत कांग्रेस पार्टीका विभिन्न पदाधिकारीकाे उपस्थिति थियाे ।

Facebook Comments Box