हजारौं समर्थकका साथ मेयर शाह नेपाली कांग्रेसमा प्रवेश

कृष्णनगर , माघ २२ । कृष्णनगर नगरपालिकाका नगरप्रमख रजत प्रताप शाह हजारौं समर्थकका साथ नेपाली कांग्रेसमा प्रवेश गर्नुभएकाे छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष अमरसिंह पुनकाे प्रमुख अतिथ्यतामा कृष्णनगर नगरपालिकाका हजार बढी समर्थकका साथ रजत प्रताप शाहले पार्टी प्रवेश गर्नुभएकाे जानकारी कपिलवस्तु जिल्ला सभापति कलाम खांले दिनुभएकाे छ ।
काेविड संक्रमणकाे अवस्थाले गर्दा जनसभा गर्न नसकिएकाले कम समयमै हजारौं जना समर्थक तथा माओवादी, एमाले र जसपा लगायतका पार्टीका कार्यकर्ता समेत प्रवेश गराउनु भएकाेमा नगरप्रमुख शाहलाई धन्यवाद दिदै कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहले सफल कार्यकालकाे शुभकामना दिनुभएकाे थियाे ।
कृष्णनगरकाे बहादुरगंजमा आयाेजित बृहत् पार्टी प्रवेश कार्यक्रममा प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य , प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह , अतहर कमाल तथा बुद्धभुमी नगरपालिकाका नगरप्रमुख केशव श्रेष्ठ , कपिलवस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंह लगायत कांग्रेस पार्टीका विभिन्न पदाधिकारीकाे उपस्थिति थियाे ।
