गएकाे वर्षका दाेस्राे सर्वाधिक महँगा खेलाडी न्युजिल्यान्डका जेमिसनले यो सिजनको आईपीएल नखेल्ने

सेयर गर्नुहोस

काठमाण्डाै –
न्युजिल्यान्डका क्रिकेटर काइल जेमिसनले यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट नखेल्ने भएका छन् ।

आईपीएलमा निकै महँगो मूल्यमा अनुबन्ध हुन सक्ने अनुमान गरिएका जेमिसनले कोभिड महामारी र परिवारलाई समय दिने भन्दै आईपीएलको अक्नशमा नाम दर्ता नगराएको बताएका हुन् ।

आईपीएलको अक्सनमा नाम दर्ता नगराउने निर्णय गर्न आफूलाई कठिन भए पनि आवश्यकताका आधारमा निर्णय लिएको जेमिसनले बताएका छन् । आफू २७ वर्षको जवान उमेरमा रहेको र आउँदा दिनमा आईपीएल खेल्ने पर्याप्त अवसर रहेको जेमिसनले बताएका क्रिकइन्फोले जनाएको छ ।

गएको वर्षको आईपीएलका सबैभन्दा महँगा खेलाडीका रूपमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेरले जेमिसनलाई १५ करोड भारुमा अनुबन्ध गरेको थियो । आईपीएल खेल्दा आफूले धेरै कुरा सिक्न पाएको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।

Facebook Comments Box