अवैध विदेश नाेटसहित पाकिस्तानी नागरिक पक्राउ
काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध डलरसहित पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय हाफिज आत्तिकुर रहमान छन् । उनी फ्लाई दुबईको उडानमार्फत काठमाडौंबाट दुबई जान लागेका थिए । रहमान म्यानपावर ब्यवसायी रहेको खुल्न आएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
प्रहरीले आरोपीको साथबाट ४७ हजार १५० साउदी रियाल, ४ सय युएई दिराम, ओमानी रियाल ५ दशमलव ५ र एक सय भारतीय रुपैयाँ बरामद गरेको छ । रहमानलाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।
Facebook Comments Box
