नाकाबन्दी गरेकाे चीन कार्गो बढाउन सकारात्मक

सेयर गर्नुहोस


एजेन्सी ।
चीनको स्वशासित क्षेत्र तिब्बतका अध्यक्ष यान जिनहाईले केरुङ नाकाबाट नेपालमा कार्गो ढुवानी बढाउने आश्वासन दिँदै कोभिड १९ नियन्त्रणका प्रबन्ध पालना गर्दै नेपालबाट सामान तिब्बत जान सहजीकरण गर्ने आश्वासन दिएका छन्। ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालसँग मंगलबार बेलुका भएको शिष्टाचार भेटमा तिब्बतका अध्यक्ष यानले नेपालको चासो सम्बोधन गर्न सरकार सकारात्मक रहेको जवाफ दिएका छन्।
ढकालले सडक, रेल, विद्युतीय प्रशारण लाइनमार्फत् चीनसँग कनेक्टिभिटी बढाउने नेपाल सरकारको प्राथमिकताका बारेमा प्रस्तुत गरेका थिए। यस विषयमा दुवै देशका केन्द्र सरकारहरुले गरेका प्रयासबारे छलफल भएको ढकालले जानकारी दिए।

‘समसामयिक र द्धिपक्षीयहितका विषयमा छलफल भयो। तिब्बतका अध्यक्षले नेपालका तर्फबाट राखिएका विषयहरुमा कोभिड १९ नियन्त्रण गर्ने प्रबन्धहरुको पालना गर्दै तिब्बत सरकारले नेपालको चासो सम्बोधन गर्ने कुरा बताउनुभएको छ’ ढकालले ल्हासाबाट नयाँ पत्रिकासँग भने।

Facebook Comments Box