इमरान सरकारविरुद्ध सिन्धमा जमात–ए–इस्लामीको प्रदर्शन
एजेन्सी ।
पाकिस्तानको जमात–ए–इस्लामी (जेआई) ले आइतवार अवामी मरकजको अगाडि शारा–ए–फैसलमा सिन्ध स्थानीय सरकार (एलजी) कानूनको बिरूद्ध धर्ना दिने घोषणा गरेको छ। सिन्ध विधानसभा भवन बाहिर धर्ना हुने जेआईले आइतबार घोषणा गरेको हो।
आन्दोलनमा विमानस्थलदेखि सदरसम्मको शरा–ए–फैसलको बाटो अवरुद्ध गर्ने प्रदर्शन गर्ने जेआईको तयारी छ। सत्तारुढ पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) र बिपक्षी जमात–ए–इस्लामीले विवादित सिन्ध स्थानीय सरकार कानूनका बिषयमा दुई चरणको वार्ता गरेका छन्। प्रान्तीय मन्त्री नासिर हुसैन शाहको नेतृत्वमा रहेको सिन्ध सरकारको समितिले जेआई नेतृत्वलाई सम्पर्क गरेको थियो।
जमात–इस्लामीले सिन्ध स्थानीय सरकार कानूनको विरोधमा प्रदर्शन गरेको छ। जेईले वार्ता र प्रदर्शन सँगसँगै अघि बढाउने भएको छ।
दई पक्षबीच तेस्रो चरणको वार्ता सोमबार हुने भएको छ। प्रदर्शनको नेतृत्व गरिरहेका जेईका कराँची प्रमुख हाफिज नइमुर रहमानले पीपीपीका केही मन्त्रीहरूले शीर्ष नेतृत्वलाई अन्धकारमा राखेर वार्ता प्रक्रिया बिथोल्ने प्रयास गरेको आरोप लगाए। एआरवाई समाचारका अनुसार देशका भावी पुस्तालाई सामन्तवादबाट जोगाउने उद्देश्यले जेआई सङ्घर्ष उत्रेको हाफिजले बताएका छन्।
उनले भने, ‘सामन्तवादी मानसिकताले पाकिस्तान पिपुल्स पार्टीलाई कब्जा गरेको छ। यसले पहिले नै प्रान्तका ग्रामीण क्षेत्रहरू कब्जा गरिसकेको छ र अब यसले सिन्धको शहरी क्षेत्रहरू नियन्त्रण गर्ने लक्ष्य राखेको छ। हामी उसलाई सफल हुन दिने छैनौँ।’
