कपिलवस्तुमा भण्डाफोर कार्यक्रम गर्ने ।।
दिलिप कुमार यादव, कपिलवस्तु । संयुक्त लोकतन्त्रिक मधेशी मोर्चाले गरेको आन्दोलनको स्वारुप अनुसार जिल्लाको विभिन्न ठााउमा भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ । १४ गते चकारचौडा , १७ गते पुन्निहवा पकडी, १८ गते पचेहारा, १९ गते विजगौरी २५ गते कोपवामा गर्ने जिम्मेवारी संघिय समाजवादी फोरम नेपाललाई दिईएको छ । भने १५ गते लबनी तथा २३ गते चन्द्रौटामा सद्भावना पार्टीलाई जिम्मेवारी दिईएको छ । १६ गते खुनुवा २१ गते हरदौना, २२ गते बहादुरगंजमा तराई मधेश लोकतन्त्रिक पार्टीलाई जिम्मेवारी दिईएको छ । २० गते महराजगंजमा नेपाल सदभावना पार्टीलाई जिमेवारी दिईएको छ । २४ गते शान्तिनगर सिसवामा तराई मधेश सदभावना.पार्टीलाई जिम्मेवारी दिईएको छ । २६ गते तौलिहवाा राष्ट्रिय मधेस समाजवादी पार्टीलाई जिम्मेवारी दिईएको मोर्चाका संयोजक शैलेन्द्र यादवले जानकारी दिनु भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक शैलेन्द्र यादवको अयक्षतामा बसेको बैठकमा रामदास गुप्ता, मधुसुदन चौरी, शत्रुघान विलास चौधरी, कैलाश अग्रहारी, प्रदीप अग्रहारी लगयतको मोर्चाका नेताहरुको उपास्थिति रहेको थियो । बैठाक संघिय समाजवादी फोरम नेपालको कार्यलय तौलिहवामा बसेको थियो ।
