चन्द्रौटामा चन्दन घोटिन्थ्यो

सेयर गर्नुहोस


सनिउल्ला धोबी ,बारुण समाचार फागुन ११
प्राचिन कालमा यस क्षेत्रमा पहाडबाट ल्याइएका चन्दन यहा घोट्ने भएकोले चन्दनघोटा भनिन्थ्यो । चन्दनघोटा शब्द अप्रभंस भएर चन्द्रौटा भएको बताइन्छ । आज भन्दा साढे पच्चिस सय बर्ष पहिले बुद्धकालमा कपिलवस्तुको तिलौराकोटमा राजा शुद्धोधनको सेनाहरुले चन्दनघोटामा चन्दन घोटने कार्य भैरहेको विभिन्न पुस्तकमा लेखीएको पाइन्छ ।

भारतका चर्चित गजलकार महेश चंद्र गुप्त खलिशले आपmनो कृर्तीमै चन्दनघोटाका बारेमा लेखेका छन । उनले आफनो गजल पुस्तक हिन्दी गजल संग्रहमा समेत बर्णन गरेका छन । उनले आफनो पुस्तकमा चन्दनघोटा नेपालको त्यती बेलाका राजा शुद्धोधन राज क्षेत्रमा रहेको समेत लेखेका छन । उनको कृतीमा लेखीएको छ ।

“रगड़ रगड़ कर चन्दन घोटा पत्थर के सिल बट्टे पे”
“नहला कर के लेप किया फिर पत्थर की ही बुद्ध पे”

यसको अर्थ चन्दनलाई ढुङगामा घीस्रीए पछि त्यो मसीनो हुन्छ । नुहाई धुवाई र सफा गरी बुद्धलाई लगाउने हुन्छ । यहाका अवधी विरहा पुराना पुरान गितमा समेत चन्दनघोटाको बारेमा गाएको पाइन्छ ।
“राजा शुद्धोधन मगावे चन्दनघोटा से लाइके चन्दन, जियावे आपने सेननके”

यसले के बुझन्छि भने चन्दनघोटा यहि क्षेत्रमा रहेको पुष्टी हुन्छ ।
चन्दनघोटा नजिकै शिवगढी क्षेत्र र शोनवागढ क्षेत्र रहेको समेत भारतका अयोध्यका लेखकहरुले आपmनो पुस्तकमा उल्लेख गरेको पाइन्छ । त्यस्तै भारतको अयोध्यका पन्डित ब्राम्हश्वरका अनुसार चन्दनघोटा पहाडको नजिकै रहेको बताउनु हुन्छ ।
शिवगढी पहाड नजिकै चन्दनघोटा भन्नु नै अहिलेको चन्द्रौटा रहेको बुझन सकिन्छ । चन्दनघोटाको पुर्वमा शोनवागढ र पश्चिममा शिवगढ क्षेत्र रहेको इतिहासमा लेखीएको पाइन्छ ।


त्रेतायुगमा भगवान राम,लक्ष्मण,सीता १४ बर्षको वनवास आउदै यहि आएको समेत रामायणका रचियता कालिदासले रामयणमा उल्लेख गरेको पाइन्छ । भगवान राम बनवास बसेको ठाँउ पनि यहि हो । किनकी कपिलवस्तुको रामघाट, लक्ष्मणघाट, बाणगंगा नदि यसको प्रमाणको रुपमा अहिले छ । त्रेतयुगमा भगवान राम तरेको घाटलाई राम घाट जुन कपिलवस्तुको धनकौली गविसमा रहेको छ । अनि त्यस्तै लक्ष्मणले तरेको सुरही खोलको घाटलाई लक्ष्मण घाट नामाकरण गरेको विभिन्न पुस्तकहरुमा लेखेको पाइन्छ । त्यस्तै सीताले नुहाउनका लागि रामले बाण चलाएर निकालेको गंगालाई अहिले बाणगंगा नदिले परिचित रहेको पाइन्छ । त्रेतायुगमा राम लक्ष्मण बनमा शायर गर्दा एक राक्षसको आक्रमणबाट लक्ष्मण मुर्छ परेका थिए । लक्ष्मणलाई सन्चो गर्नको लागि हानुमानको सहयोगमा पहाडबाट जडीबुटी ल्याई चन्दनघोटामा घोटेर खुवाई लक्ष्मणलाई बचाइएको थियो । यस्ले गर्दा यस ठाउको नाम चन्दनघोटाबाट अप्रभंस भएर चन्द्रौटा भएको किवादन्ती रहेको पाइन्छ ।
अझै पनि चन्दनघोटा यस क्षेत्रमा रहेको इतिहासकारहरुले बताउछन । ठ्याक्कै पत्ता लगाएर उत्खनन गर्ने हो चन्दनघोेटाको अवशेषहरु पाउने विस्वास गरिन्छ ।
अहिलेको चन्द्रौटा….
कपिलवस्तुको सुदुर पश्चिम मानिने सुन्दर नगरी चन्द्रौटा सदरमुकाम तौलिहवा देखी करिब ४० किलो मिटरको दुरीमा रहेको छ । चन्द्रौटाका समाजसेवी राम चरिद्र मौर्या भन्छन पहिले यहा एक दुईवाट झुपडीमा चिया बेच्नका लागि खोलिएका थिए । अहिले ठुलो शहर नै बन्यो विश्वासै गर्न गाह्रो ।
अहिले कपिलवस्तुको चन्द्रौटा क्षेत्रमा रहेका पाच गाविसलाई समेटेर २०७१ जेष्ठ ४ मा यसलाई शिवराज नगरपालिका घोषण गरियो ।
शिवराजलाई नगरपालिका घोषणा गर्दा शिवपुर, विरपुर, विसुनपुर, चनई र जवाभारी गाउँ विकास समितिहरू समावेश गरिएका छन । कपिलवस्तुकोे मुख्य व्यापारी नगरी चन्द्रौटा बजार पनि शिवराज नगरपालिकाको मुटुको रुपमा रहेको छ । शिवराज नगरपालिका व्यापार र जनसंख्याको दृष्टिले निकै अगाडि रहेको छ ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा पर्ने मुख्य व्यापारी नगरी चन्द्रौटा पुर्व पश्चिम महेन्द्र राजमार्गमा पर्ने हुदा यहाँ दैनिक हजारौँको संख्यामा बजार गर्न र यात्राको लागि मानिस आउने गर्दछन ।

भारतसंगको खुल्ला नाका नजिकै रहेको हुँदा भारत जाने आउने मानिस को संख्यामा पनि कमि हुँदैन । व्यापारीक दृष्टिले चन्द्रौटा धेरै अगाडि रहेको पाईन्छ । छिमेकि जिल्ला अर्घाखाँचि , प्यूठान, दाङ, रोल्पा लागायतका जिल्ला बाट यहाँ बजार गर्न आउने मान्छेको कमि हुँदैन ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका २ भितरियाको बीच जंगलमा अवस्थित सोनवागढ, शिवराज नगरपालिका ६ चन्द्रौटामा रहेको कर्णेश्वरी मन्दिर, शौनी बरगदवाको मजार,मदरशा, चन्द्रौटा दुर्गा मन्दिर, उमरि गुफा, खरेन्द्रपुर स्वर्गद्धारी आश्रम लगाएतका धार्मिक स्थल सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ ।
जिल्लाको शिवराज नगरपालिका १ उमरि डाडाँमा अवस्थित उमरि गुफा जुन शिव गुफाको नामले पनि चिनिन्छ । धार्मिक एवं पर्यटकीय सम्भावनाबोकेका यी सोनवागढ क्षेत्र, कर्णेश्वरी, दुर्गा मन्दिर, उमरी गुफा लगायतको उचित प्रचारप्रसार र संरक्षणका लागि छिट्टै सरोकारवालाहरुको ध्यान जानु आवश्यक देखिन्छ ।

Facebook Comments Box