कपिलवस्तुमा ३००ओैं पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मनाइदै ,
हिन्दु राज्य निर्माणका लागि संघर्ष जारी रहने …
कपिलवस्तु , २७ पुस । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज पनि राप्रपाले विविध कार्यक्रम आयोजना गरी देशभर मनाउदैछ ।
कपिलवस्तुकाे कृष्णनगर गाेलघरमा राप्रपा नेपालका नगर अध्यक्ष जय प्रकाश गुप्ताकाे अध्यक्षता तथा केन्द्रीय सदस्य श्याम कुमार मिश्रकाे अगुवाइमा भव्यताका साथ पृथ्वी जयन्ती मनाइदै छ। कार्यक्रममा वक्ताहरुले नेपाललाई राजा सहितकाे हिन्दु राष्ट्र बनाउन सम्पूर्ण नेपालीले संघर्ष गर्नु पर्ने बताएका छन ।
यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरे । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३००औँ जन्मजयन्ती मनाइँदैछ ।
