मानव अधिकार उल्लंघन गरेको आरोप खेप्दै आएकाे चीनका कारण एसियामा तनाव हुन सक्ने : पिटरसन
एजेन्सी । एसियाको ठूलो जोखिम भनेको अमेरिका–चीन तनाव
ताइवानको विषयलाई लिएर भएको अमेरिका–चीनबीचको तनाव नै यो वर्षको आगामी दिनमा एसियाको प्रमुख जोखिम रहेको विश्लेषकहरुले बताएका छन् ।
लङ्भ्यू ग्लोबल एड्भाइजर्सका अध्यक्ष डी.जे पिटरसनले वासिङटनले ताइवानको विषयमा उठाउन सक्ने कुनै पनि कदमलाई बेइजिङले नकारात्मक तरिकाले नै लिने गरेको बताए ।
‘सन् २०२२ मा एसियाका लागि यो सर्वाधिक ठूलो जोखिम हो जस्तो मलाई लागेको छ । यदि तपाईंले अमेरिका र चीनबीचको सम्बन्धलाई नियाल्नु भयो भने यो एक प्रकारको दोस्रो शीतयुद्धको सम्बन्ध जस्तै छ,’ उनले मंगलबार सीएनबीसीलाई बताए ।
गत वर्षको अन्त्यतिर राष्ट्रपति जो बाइडेनले सन् २०२२ को आर्थिक वर्षका लागि नेशनल डिफेन्स अथोराइजेशन एक्ट (एनडीएए) नामको रक्षा बजेटमा हस्ताक्षर गरेका थिए । यसले दुई मुलुकबीचको सम्बन्धमा थप क्षती पु¥याएको पीटरसनले बताएका छन् ।
एनडीएए नामको हालैमात्र हस्ताक्षर गरिएको उक्त कानुनमा बेइजिङले मन नपराउने कयौँ व्यवस्था रहेको छ । यसमा ताईवानको थप विकास गराउने कुरा पनि समावेश छ । ताइवानलाई विकास गराउने र सहयोग गर्ने विषय बेइजिङका लागि शून्य जोड बराबर हुनेछ र उनीहरुले अत्यन्त कठोर रुपमा प्रतिक्रिया देखाउने टिप्पणी उनले गरेका छन् ।
एसियाली मुलुकहरुको सबैभन्दा ठूलो कठिनाई भनेको उनीहरुले अमेरिका र चीन दुवैको प्रतिस्पर्धी स्वार्थलाई कसरी दिसा दिन्छन् भन्ने नै रहेको पीटरसनले बताए ।
‘२०२२ मा ताइवान र क्षेत्रीय मुलुकहरुको चुनौती भनेको यी मुलुकहरुले भू–राजनीतिक स्वार्थ र व्यापारको स्वार्थ, प्रविधि र चीनसँगको आपूर्ति श्रृङ्खलामा कसरी सन्तुलन कायम राख्छन् भन्ने हो,’ उनले भने ।
चीनले आफ्ना कतिपय साझेदारहरुसँग रुष्ट हुनुका साथै ती मुलुकहरुलाई कम आँक्दै आएको छ । फेब्रुअरीमा हुन लागेको शीतकालीन ओलम्पिकले पनि यहाँको विश्वव्यापी शाख बढाउनका लागि महत्वपूर्ण मानिने छ ।
‘ओलम्पिक अत्यन्त चाख लाग्दो कथा बन्न गइरहेको छ,’ उनको भनाई छ ।
मानव अधिकार उल्लंघन गरेको आरोप लगाउँदै अमेरिकाले बेइजिङमा हुन लागेको हिउँदे ओलम्पिकमा चीनलाई कुटनीतिक रुपमा पाखा लगाउने डिसेम्बरमै घोषणा गरिसकेको छ । अमेरिकी खेलाडीहरु सहभागी भएतापनि बाइडेन प्रशासनले भने कुनै पनि प्रतिनिधिलाई बेइजिङमा पठाउने छैन । चीनको विदेश मन्त्रालयले यो कदमलाई ओलम्पिकको भावना विपरित भएको भन्दै खेद व्यक्त गरेको छ ।
