प्रहरीकाे बेवास्ताले दलित परिवारलाई उपचार खर्च तिर्न समस्या

विराटनगर । मोरङको कानीपोखरी-५का एक दलित परिवारलाई उपचार खर्च तिर्न समस्या भएको छ । स्थानीय चार जना मिलेर गरेको सांघातीक हमलाबाट गम्भिर घाइते भएकी कानीपोखरी-५ की डुकादेवी दर्जी तमाङको उपचार खर्चतीर्न समस्या भएको हो ।
प्रहरीले समयमा न्यायको लागि आवश्यक पहल नगर्दा उपचार खर्चतिर्न समस्या भएको बुवा अर्कबहादुर तमाङले जानकारी दिए । आफूले दिएको जाहेरीको अधारमा प्रहरी तत्काल अग्रसरता देखाएको भए छोरी तीन महिनाको गर्भ जोगिनुको साथै मानसिक सन्तुलन गुम्ने थिएन्, उनले भने–‘प्रहरीको बेवास्ताले अहिले उपचार खर्च तिर्न समस्या भएको छ । ‘
गएको वैशाख ३१ गते स्थानीय निरमाया मगर, पुष्पा मगर, बविता मगर, बिन्दामाया मगरबीच समान्य विवाद भएपछि सांघातिक हमला गरेको थियो । घरेलु हातहतियारसहित हात र खुट्टाले गरेको कुटपीटले २५ वर्षीय डुकाको ३ महिनाको गर्भ तुहिनुकोसाथै मानसिक रोगको नै शिकार बनेका थिए । निर्धात कुटपीट पछि ईलाका प्रहरी कार्यालय कार्यालय पथरमाी दिएको ज्यानमार्ने तथा कुटपीट मुद्दाको जाहेरी प्रहरीले नलिएको डुकाका बुवा हर्क बहादुर दर्जीले बताए । दर्जीका अनुसार न्यायको लागि प्रहरीमा जाँदा जाहेरी लिएन् उनले भने–‘स्थानीय मेहिकलहरुबाट उपचार गर्दागर्दे छोरीको मानसिक सन्तुलन नै बिग्रीयो ।
कुटपीट भएको तीन महिनापछि धरानस्थिती वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न लग्दा छोरीको अचेत अवस्थामा उपचार गर्नुपरेको उनले बताए । उपचार गर्दा त्यँहाका औषधी फार्मेसीको मात्रै ४ लाख २७ हजार ४सय ६७ रुपैयासहित ५ लाख ६५ हजार ९सय १३ रुपैया तीर्न बाँकी रहेको उनले सुनाए ।
आफूले प्रहरीमा दिएको जाहेरी दर्ता नगरी प्रहरी जबरजस्ती जातीय भेदभावका मुद्दा चलाएको उनको उनले बताए । जुन अहिले अदालतमा चल्दै गरेको छ । मुद्दा पनि प्रहरी ढिलो चलाएर आफूलाई न्याय दिनुको साटो मार्ने काम प्रहरीले गरेको उनले आरोप लगाए । मुद्दा अदालतमा चल्दै गरेका बेला छोरी उपचारमा लागेको खर्च तिर्न समस्या भएको उनले बताए । स्थानीय खोलामा गीटी कुटेर परिवारको जीविकोपार्जन गर्दै आएका आफूहरुलाइ क्रृण तीर्न समस्या भएको उनको भनाइ रहेको छ । दर्जीको उपचारको क्रृण तीर्न विदेशबाट केही सहयोगीहरु करिब ५० हजार पठाइदिएका छन् ।
