कपिलवस्तुमा “प्रचण्ड र सँघिय गणतन्त्र नेपाल ” शिर्षकमा निबन्ध प्रतियोगिता

कपिलवस्तु – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी ) कपिलबस्तुले जिल्ला स्तरीय खुल्ला निबन्ध प्रतियोगिता गर्ने भएको छ । “प्रचण्ड र सँघिय गणतन्त्र नेपाल ”शीर्षकमा जिल्ला स्तरिय खुला निबन्ध प्रतियोगीता मा.वि ,उच्च मा.वि तथा स्नातक तह सम्मका विद्यार्थीहरु सहभागी रहने गरि निबन्ध ३०००( तिन हजार) शब्दमा नघट्ने गरि आयोजना गर्ने निर्णय गरिएको जिल्ला अध्यक्ष हरिशचन्द्र खनालले बताउनुभयो । अनेरास्ववियु क्रान्तिकारीको जिल्ला बैठकले उक्त निर्णय गरेको हो ।
प्रतियोगितामा प्रथम पुरस्कार रु २०,०००। (बीस हजार )बराबरको शैक्षिक सामाग्री प्रमाण पत्र तथा मेडल,द्धितीय पुरस्कार रु१००००(दश हजार) बराबरको शैक्षिक सामाग्री प्रमाण पत्र तथा मेडल तृतीय पुरस्कार रु५०००।(पाँच हजार बराबरको शैक्षिक सामाग्री प्रमाण पत्र तथा मेडलसान्त्वना पुरस्कार ३ जनालाई रु३००० बराबरको शैक्षिक सामाग्री प्रमाण पत्र तथा मेडल प्रदान गरिने छ ।
बैठकले कक्षा १ देखी कक्षा १२ सम्म अनिवार्य रुपमा शिक्षा निशुल्क गर्न माग गर्दै जिल्ला स्थित सबै स्थानिय तहका प्रमुखलाई ज्ञापन पत्र सहित माग गर्ने निर्णय गरेको छ ।स्कुल तथा क्याम्पस स्तरमा सँगठन विस्तार अभियानलाई दु्रत गतिमा सञ्चालन गरी सदस्यता वितरण लाई प्रभावकारी रुपमा सन्चालन गरिने अनेरास्ववियु क्रान्तिकारी कपिलवस्तुले जनाएको छ । बैठकले बिभिन्न ९ वटा निर्णय गरेको छ ।
