नेपाल र भारत मिलेर व्यबसाय प्रवर्द्धन गर्ने उद्देश्यका साथ भृकुटीमण्डप प्रदर्शनी

सेयर गर्नुहोस

 

काठमाडौँ। काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना भएको ‘इन्टरप्रेज इन्डिया एक्जिबिसन’ मुख्य रूपमा व्यापार सुदृढ गर्ने र दुई राष्ट्र बिचको द्विपक्षीय सम्बन्ध सुधारमा केन्द्रित भएको छ।

अहिले कोरोना महामारीको असर नेपालमा परेको देखिन्छ। मलाई लाग्छ, यहाँ महामारी अघिका परिदृश्यहरूको तुलनामा व्यापार सामान्य हुँदै गइरहेको छ। महामारी अघि सन् २०१९ को डिसेम्बरमा पनि सोही प्रकारको कार्यक्रम आयोजना गरिएको थियो।” प्रदर्शनीका प्रबन्धकीय पक्षहरूको हेरचाह गर्दै स्टार्ट प्रदर्शनीका प्रबन्ध निर्देशक जाकिर अहमद खानले बताए।

इन्डियन चार्ज्स डी’ अफेयर्स नाम्ग्या सी. खाम्पाले प्रदर्शनीको उद्घाटन गर्दै यसमा सहभागी भारतीय तथा नेपाली कम्पनीहरूसँग अन्तरक्रिया गरे। उनले दुई देशबीचको व्यावसायिक सम्बन्धलाई अझ मजबुत बनाउनका लागि नेपाली उद्यमीहरूसँग बीटुबी साझेदारीको अन्वेषण गर्न पनि आयोजकहरूलाई प्रोत्साहन गरिन्।

इन्टरप्राइजेज इन्डिया २०७२ को आयोजनामा भारतीय उद्योग वाणिज्य तथा उद्योग मन्त्रालय, भारत सरकारको सहयोगमा भारतीय उद्योग महासङ्घ (सीआईआई)ले आयोजना गर्दै आएको छ। प्रदर्शनीको उद्देश्य दुवैतर्फ उपलब्ध व्यापारिक अवसरको बारेमा जनचेतना सिर्जना गरी ब्रान्ड इन्डियाको प्रवर्द्धन गर्नुका साथै द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि गर्ने रहेको छ। यस प्रदर्शनीले विशेष गरी संयुक्त उद्यम, प्रविधि हस्तान्तरण, मार्केटिङ व्यवस्थाका साथै दुई देशबिचको जन-जन सम्पर्कलाई सहजीकरण गर्ने लक्ष्य राखेको छ।

इन्टरप्राइज इन्डिया प्रदर्शनीमा विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने र भारतका विभिन्न भागबाट आएका ५० भन्दा बढी भारतीय कम्पनीहरूले आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गरिरहेका छन्, जसमा नेपाली व्यवसायी तथा व्यापारीहरूको पनि उत्साहजनक सहभागिता रहेको छ।

Facebook Comments Box