आकाशमा मार हान्ने क्षेप्यास्त्रको भारतले गर्‍यो सफल परीक्षण

सेयर गर्नुहोस

काठमाडौं । भारतले छोटो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ। मङ्गलवार भातको रक्षा अनुसन्धान तथा विकास सङ्गठन (डीआरडीओ) ले आकाशमा मार हान्न सक्ने छोटो दूरी क्षेप्यास्त्र को परीक्षण गरेको हो। भारतले यसै वर्षको फेब्रुअरी महिनामा क्षेप्यास्त्रको पहिलो परीक्षण गरिएको थियो। तर परीक्षण सफल हुन सकेको थिएन ।

सो उपकर भविष्यमा भारतीय नौसेना ले प्रयोग गर्नेछन् । ‌ओडिशाको तटमा रहेको चंडीपुरस्थित एकीकृत परीक्षण दायराबाट परीक्षण गरिएको थियो। रक्षा मन्त्रालयका अनुसार निकै कम उचाइमा इलेक्ट्रोनिक लक्ष्य राखिएको थियो । जस विरुद्ध क्षेप्यास्त्रले सफलतापूर्वक कार्य गरेको थियो।

आईटीआर, चंडीपुर द्वारा तैनात धेरै निगरानी उपकरण प्रयोग यस क्षेप्यास्त्र को उडान मार्ग अनुगमन गरिएको थियो। सबै उपप्रणालीले अपेक्षा अनुरूप काम गरेको रक्षा मन्त्रालयले जनाएको छ ।
यस सफल परीक्षणका निम्ति रक्षामन्त्री राजनाथ सिंहले डीआरडीओ, भारतीय नौसेना र उद्योगलाई बधाई दिएका छन्। यस प्रणालीले हवाई खतरा विरुद्ध भारतीय नौसेना जहाजको रक्षा क्षमतामा वृद्धि गर्ने उनले बताएका छन्।

Facebook Comments Box