कांग्रेस महाधिवेशन चहलपहल भारतमा पनि , १४ जना महाधिवेशन प्रतिनिधि मतदानका लागि काडमाडौं पुग्ने

सेयर गर्नुहोस


नयाँ दिल्ली । नेपाली कांग्रेस महाधिवेशनको चहलपहल प्रवासमा पनि देखिएको छ। भारतभरि छरिएरका कांग्रेस कार्कताहरूले चण्डीगढमा आफ्नो महाधिवेशन सम्पन्न गरेका छन् ।
कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समितिको नेतृत्वमा अर्घाखाँचीका बालकृष्ण पाण्डे चुनिएका छन्। उनी दिल्ली बस्छन् । उनको यो तेस्रो कार्यकाल हो । उनको चण्डीगढका धर्मदत काफ्लेसँग प्रतिस्पर्धा भएको थियो । तर, पाण्डे ठूलो मतान्तरले विजयी भए। १ सय ६२ जना प्रतिनिधि मध्ये पाण्डेको पक्षमा १ सय १६ तथा काफ्लेको पक्षमा ४६ मत खसेको थियो।
पाण्डे कांग्रेसका पूराना कार्यकर्ता हुन्। पार्टीले उनलाई अघिल्लो पटक राष्ट्रिय सभा सदस्यको उम्मेदवार पनि बनाएको थियो तर उनी पराजित भएका थिए।

भारतभरि जनसम्पर्क समितिका ३ सय १५ शाखा छन्। भारतबाट १४ जना महाधिवेशन प्रतिनिधि मतदानका लागि काडमाडौं जान पाउने छन्। महाधिवेशन प्रतिनिधि सबै क्षेत्रलाई समेटेर सहमतिका आधारमा चयन गरिने पाण्डेले बताए ।

Facebook Comments Box