भारतमा ओमिक्राेनमा २१ नयाँ संक्रमित भेटिए

सेयर गर्नुहोस

 

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका कम्तीमा पनि २१ नयाँ संक्रमित देखिएका छन्। हालै अफ्रिकामा देखिएर विश्वका अन्य देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनअघि मात्र देखिएको थियो। यहाँ आइतबार बिहानसम्म पाँचजना मात्र संक्रमित रहेकामा त्यसमा वृद्धि भएर साँझसम्ममा २१ जना पुगेका हुन्।

यीमध्ये जयपुरबाट नौ, महाराष्ट्रबाट सात संक्रमित भेटिएका छन्। अन्य संक्रमितहरू नयाँदिल्लीमा नै भेटिएका छन्। आइतबार एकैदिन १७ जना संक्रमित भेटिएपछि भारतमा ओमिक्रोनबाट सतर्क रहन सरकारले देशव्यापी रूपमा सूचना जारी गरेको बताइएको छ। नयाँदिल्लीबाहेक अन्य थप दुईजना कर्नाटकमा पनि भेटिएका बताइएको छ। पहिलो संक्रमण केही दिनअघि मात्र दक्षिण अफ्रिकाबाट आएकामा देखिएको थियो। रासस/सिन्ह्वा

Facebook Comments Box