नेता पाण्डेयको लुम्बिनी प्रदेश उप-सभापतिमा उम्मेदवारी दिने घाेषणा

इमरान खान कपिलवस्तु । नेपाली काँग्रेस कपिलवस्तुका क्रमठ, झुझारु , इमान्दार युवा नेता अधिवक्ता सुधाकर पाण्डेयले नेपाली काँग्रेस पार्टीको आसन्न १४ औँ महाधिबेशन अन्तर्गत लुम्बिनी प्रदेश उप-सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । प्रदेशको विकास शान्ति र स्थायित्व उर्जावान कांग्रेसका लागि मेरो नेतृत्व भन्ने नारा शाकार पार्ने अभिप्रायका साथ काँग्रेसको लुम्बिनी प्रदेश उप-सभापति पदमा उमेद्धवारी दिने पाण्डेयले बताए ।उप सभापति पदका उम्मेदवार सुधाकर पाण्डेय कपिलवस्तुका लोकप्रिय, निष्ठावान तथा ईमान्दार नेताका रुपमा परिचित छन् । उनी नेपाली कांग्रेस कपिलवस्तुको पुर्व पार्टी सभापति समेत हुन् । करीब ३ दशकको नेपाली कांग्रेसको राजनितिमा सदैव संगठन प्रति वफादार रही काम गर्दै आएका नेता पाण्डेयलाई विभिन्न दलबाट पटक पटक आफ्नो दलमा सहभागी हुन आमन्त्रण गरिए पनि उनले त्यसलाई स्वीकार गरेका छैनन् । मधेश आन्दोलन पछि गठित मधेश केन्द्रित दलबाट केन्द्रिय स्तरको जिम्मेवारी दिने गरी आफ्नो दलमा तान्न खोजे पनि नेता पाण्डेय नेपाली कांग्रेस पार्टी प्रति नै प्रतिवद्ध भएर लागि रहेका छन् । माओवादी शशस्त्र विद्रोहका बेला होस् या २०६४ सालको मधेश आन्दोलनका समय, नेता पाण्डेय कपिलवस्तु जिल्लामा नेपाली कांग्रेसको मियोको रुपमा अडिक रही कार्यकर्ताको संरक्षणका लागि संघर्षरत छन् । कपिलवस्तु क्षेत्रमा सामाजिक अभियन्ताको रुपमा छुट्टै छवी बनाएका पाण्डेयले पार्टीका लागि आफ्नो तन,मन,धनले लागेका र अहिले कपिलवस्तु जिल्लामा नेपाली कांग्रेस टिके छ भने पाण्डेयको अहम भूमिका रहेको जिल्लाका कार्यकर्ताहरुको भनाई रहेको छ । पाण्डेय नेपाली कांग्रेस को पुर्व पार्टी सभापति हुदा सबै पार्टीका कार्यकर्ताहरुलाई सम्मान दिदै कुनै पनि कार्यकर्ताहरुलाई यता उति नलाग्न अहम भूमिका निर्वाह गर्दै आएका छन । आफ्नो बिगतको योगदान र त्यागलाई पार्टीका हरेक महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरुले मूल्याङ्कन गर्नेमा आफू विश्वस्त रहेको बताए पाण्डेयले भने हरेक कार्यकर्ताको समस्या समाधानका लागि विगत देखि नै आवाज बुलन्द पार्दै आएका छन लुम्बिनी प्रदेश उप-सभापतिमा निर्वाचित भएसँगै कार्यकर्ताका मुद्दाहरू लाई थप शसक्त रुपमा उठाउन सहयोग मिल्ने हुँदा आफूले लुम्बिनी प्रदेश उप-सभापतिमा दाबी गरेको बताए ।
