आतंकवादीको सूचीमा परे यी तीन तालिबानी नेता

सेयर गर्नुहोस
फाइल तस्बिर

एजेन्सी ।

अमेरिकाले इस्लामिक स्टेटका तीन जना नेतालाई आतंकवादी सूचीमा राखेको छ। अफगानिस्तानमा पछिल्लो समय आतंकवादी हमलाको क्रम बढेको छ। ती आक्रमणहरुको जिम्मेवारी इस्लामिक संगठन आइएसकेले लिएका छन्।

अमेरिकाको विदेश मन्त्री एन्टनी ब्लिंकनले तीन नेतालाई वैश्विक आतंकवादीको सूचीमा राखेको जानकारी दिएका छन्।

उनका अनुसार संगठनका प्रमुख अमीर सनाउल्लाह गफ्फारी, प्रवक्ता सुल्तान अजीज आजम र काबुल प्रान्तका नेता मौलाव रजब रहेका छन्। उक्त संगठनमार्फत् उनीहरुले आतंकीय गतिविधि गरेको आरोप लगाइएको छ।

Facebook Comments Box