नमस्ते नेपाल गर्दै “सत्यमेप जयते २” हेर्न जान काे अनुराेध
काठमाडौं । बलिउड अभिनेता जोन अब्राहमको मुख्य भूमिका रहेको चलचित्र ‘सत्यमेव जयते २’ बिहीबारदेखि विश्वभर प्रदर्शन हुँदैछ । यो चलचित्रलाई नेपालमा पनि प्रदर्शन गर्ने तयारी गरिएको छ । चलचित्रको नेपाल अधिकार पाएको ‘ए एट फिल्मस्’ले यो चलचित्र नोभेम्बर २५ बाट नेपालमा रिलिज गर्ने तयारी गरेको छ ।
रिलिजको पूर्वसन्ध्यामा अभिनेता जोन अब्राहमले नेपाली दर्शकलाई ‘सत्यमेव जयते २’ हेर्न अनुरोध गरेका छन् । जोनले नेपालीहरुलाई सम्बोधन गर्दै वितरकलाई पठाएको भिडियोमा भनेका छन्, ‘नमस्ते नेपाल, सबैैलाई लामो समयपछि फेरि पनि सिनेमा हलमा स्वागत छ । कृपया, भोलिदेखि हलमा गएर सत्यमेव जयते हेर्नुहोला । फिल्मबाट मनोरञ्जन लिनुहोला, सत्यमेव जयते २ बाट मनोरञ्जन लिनुहोला । नमस्ते ।
Facebook Comments Box
