लोकप्रिय मतसहित अनुप कुमार पाण्डेय कांग्रेसको प्रतिनिधिमा निर्वाचित
कपिलवस्तु ५ मंसिर । शनिबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कपिलवस्तु क्षेत्र नं.२ (ख) बाट नेपाली कांग्रेसको युवा नेता अनुप कुमार पाण्डेय लोकप्रिय मतसहित प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन । कपिलवस्तुको क्षेत्र नं. २ (ख) बाट नेतृ पाण्डेयले प्रदेश प्रतिनिधि निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । युवा नेतृत्व पाण्डेयले सबै भन्दा धेरै र लोकप्रिय मत पाएको कपिलवस्तु कांग्रेसका कार्यकर्ताहरुले जनाएका छन । कांग्रेसको १४ औँ महाधिवेशनमा युवाहरुले कब्जा जमाइरहेको बेला कपिलवस्तुमा पनि युवा नेतृत्व अनुप कुमार पाण्डेयले राम्रो मत पाएर प्रदेश प्रतिनिधिमा चयन भएका छन । कांग्रेसको महाधिवेशनमा यस पटक युवाहरुले राम्रा स्थानहरूमा जितेका छन । युवाहरुलाई पार्टी नेतृत्वमा जानका लागि अप्रत्यक्ष रुपमा कार्यकर्ताको साथ र समर्थन देखिएको छ । पाण्डेय जिल्ला समन्वय समिति कपिलवस्तुका जिल्ला सदस्य समेत हुन । साथै नव निर्वाचित पाण्डेय द्वारा सम्पुर्ण नेपाली कांग्रेस कार्यकर्ताहरुलाई नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा आउने मंसिर १० गते कपिलवस्तु जिल्लाको जिल्ला पार्टी अधिवेशनमा युवा, झुझारु एवं पार्टी प्रति लगनशीलता संघर्षशिल एवं इमान्दार नेता सुधाकर पाण्डेयलाई जिल्ला सभापति पदमा आफ्नो अमुल्य मत दि सभापति पदमा बहुमतले बिजयी गराऔना अनुरोध समेत गरेका छन ।
