प्रधानमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

सेयर गर्नुहोस

मंसिर ३ / काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा दुईपक्षीय हितको विषयमा छलफल भएको प्रधानमन्त्री देउवाले बताएका छन ।
भेटमा नेपाल र अमेरिकाबीचको लामो सम्बन्ध, सहकार्य र द्वीपक्षीय हितको विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री देउवाले ट्विटरमा उल्लेख गरेका छन् ।

Facebook Comments Box