बागमती तेल उद्योगको कारोबार साढे दुई अर्ब रुपैयाँ नाघ्ने, भारत निर्यातले बढायो आम्दानी

सेयर गर्नुहोस

काठमाडौं। बागमती तेल उद्योगको कारोबार सन् २०२१ मा दुई अर्ब ५० करोड २० लाख रुपैयाँ पुग्ने आकलन गरिएको छ। बागमती समूहले यो उद्योगबाट सनफ्लावर र सोयाबिन तेल सेल्लोको नाममा बिक्री गर्दै आएको छ। सन् २०२० मा उद्योगले एक अर्ब ९५ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो।
सन् २०१९ मा एक अर्ब ७७ करोड रुपैयाँ र २०१८ मा एक अर्ब ६४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ।

उद्योगले कोरोना महामारीका बाबजुद गत दुई वर्षमा बिक्रीसँगै अपरेटिङ मार्जिन स्वस्थ राख्न सकेको बताइएको छ। बिक्री बढ्नुमा कम्पनीको सोयाबिन तेल भारत निर्यात हुनु पनि कारण रहेको इक्रा नेपालले उल्लेख गरेको छ।

उद्योगमा साकेत राठीको ६० प्रतिशत, अनिल कुमार अग्रवालको ३४ प्रतिशत र मनोज कुमार टपरियाको ६ प्रतिशत सेयर स्वामित्व छ।
उद्योगले एक अर्ब ८१ करोड ९० लाख रुपैयाँ ऋणका लागि इक्रा नेपालबाट रेटिङ गराएको छ। जसका लागि उद्योगले एनपी एल ट्रिपल बी माइनस र एनपी ए थ्री रेटिङ पाएको छ। बिजमाण्डु

Facebook Comments Box