नेपाल प्रहरीका ३ इन्स्पेक्टर भारतमा सम्मानित

सेयर गर्नुहोस


एजेन्सी । इन्डियन पुलिस सर्भिस (आईपिएस)को तालिममा नेपाल प्रहरीका ३ जना इन्स्पेक्टरले अवार्ड जितेका छन् । भारतको हैदरावाद स्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा संचालित तालिममा सहभागी नेपालका ३ जना इन्स्पेक्टरले अवार्ड जितेका हुन् ।

इन्सपेक्टर सिमोन धितालले द जयपुर कपको उपाधि जितेकी छिन् । प्रहरी निरीक्षक अनिल थापाले आउटडोरतर्फ ‘द बिएसएफ ट्रफी’ जितेका छन् । निरिक्षक किरण रावतले ‘द जयपुर कप’ कपको उपाधि हाँसिल गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
५० हप्ता लामो तालिममा उत्कृष्ट निरीक्षकहरुलाई शुक्रवार आयोजित समारोहमा भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालले अवार्ड प्रदान गरे । दिक्षान्त समारोहमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री पनि सहभागी थिए । नेपाल सन् १९५४ देखी यो तालिममा सहभागी हुँदै आएको छ । तालिममा नेपाल, भारत, भुटान र माल्दिभ्सका प्रहरी अधिकृत सहभागी थिए ।

Facebook Comments Box