चीनमा बाढीले ६ सयको मृत्यु, ५ करोडभन्दा बढी विस्थापित
बेइजिङ । चीनमा यस वर्ष बाढीको कारण करिब ६ सयको मृत्यु भएको छ भने ५ करोडभन्दा बढी मानिस विस्थापित बनेका छन्। गएको जनवरीदेखि अक्टोबर महिनासम्म गएको बाढीका कारण सो संख्यामा मानिसहरु प्रभावित बनेका हुन्।
चीनको आपतकालिन व्यवस्थापन मन्त्रालयअन्र्तगत जाउ सियुवेन विभागको तथ्यांकले यसवर्ष बाढीका कारण करिब ६ सय मानिसको ज्यान गएको र ५ सय मानिस अझै हराइरहेको देखाएको छ। देशभर करिब ५ करोडभन्दा बढी ८९ लाख मानिस विस्थापित भएको र ३० लाख ५० हजार मानिसको तत्काल उद्दार गर्नुपर्ने समेत सो तथ्यांकले देखाएको छ।
सो तथ्यांकअनुसार बाढीका कारण देशभर करिब २ लाख ३ हजार भवन भत्किएका छन् भने करिब २४०.६ बिलियनको क्षति भएको छ।
Facebook Comments Box
