तालिबानका विदेश मन्त्रीले पाकिस्तानको भ्रमण गर्दै

सेयर गर्नुहोस
प्रतिनिधि तस्बिर

काबुल । तालिबान सरकारका कार्यबाहक विदेशमन्त्रीले पहिलो पटक पाकिस्तानको भ्रमण गर्ने भएका छन्। अफगानिस्तान र पाकिस्तानको सम्बन्ध पुनस्र्थापना गराउन तालिबानका विदेशमन्त्री अमिर खान मुत्ताकीले बुधबार पाकिस्तानको भ्रमण गर्न लागेका हुन्।

तालिबानको अन्तरिम सरकारका उप प्रधानमन्त्रीसमेत रहेका मुत्ताकीले तालिबान सरकारलाई क्षेत्रीय मान्यता दिलाउने प्रयाससमेत गर्ने स्थानीय मिडियामा खबर छ। विदेशमन्त्री मुत्ताकीले पाकिस्तान भ्रमण सकेलगत्तै मध्य पूर्वी मुलुक टुर्कमेनिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने समेत बताइएको छ।

अफगान मामिलाका विज्ञले ग्लोबल टाइम्सलाई बताएअनुसार यदि मुत्ताकीको पाकिस्तान भ्रमण सफल रहेमा तालिबान सरकारले क्षेत्रीय मान्यता पाउने छ।

Facebook Comments Box