म्यानमार सैनिकद्वारा सयौँ घर र चर्चमा आगजनी
चीन । म्यानमार सेनाले आदिवासी समूहका सयौँ घर र चर्चमा आगजनी गरेका समाचार सार्वजनिक भएको छ।
म्यानमारको पश्चिमी चीन राज्यको थान्टलाङ टाउनका २ सयभन्दा बढी घरमा सेनाले आगजनी गरेको रेडियो फ्रि एसिया (आरएफए) मा समाचार छ। सेनाले गएको शुक्रबार र शनिबार मात्र २ सयभन्दा बढी घर, होटेल र त्यहाँका चर्चमा आगजनी गरेको स्रोतले रेडियो फ्रि एसियालाई बताएको छ।
गत हप्ता सो क्षेत्रमा चीनल्याण्ड डिफेन्स फोर्सका दुई सैनिकलाई अज्ञात समूहले मारेपछि सेनाले आगजनी र यातना दिन थालेको बताइएको छ। राज्य विभागका प्रवक्ता नेड प्राइसले ग्रामीण इलाकामा म्यानमार सेनाको बढ्दो अत्याचार रोक्न अन्तर्राष्ट्रिय निकायले तत्काल कदम चाल्नुपर्ने बताएका छन्।
थान्टलाङ टाउनमा करिब १० हजार मानिस बसोबास गर्दै आएका छन्। म्यानमार सेनाले करिब ९ महिनाअघि सैन्य ‘कू’ लागू गरेको थियो।
Facebook Comments Box
