पाकिस्तानको जितमा खुसियाली मनाएको आरोपमा उत्तर प्रदेश प्रहरीले ५ जनालाई पक्राउ

सेयर गर्नुहोस

काठमाडौँ । पाकिस्तानको जितमा खुसियाली मनाएको आरोपमा उत्तर प्रदेश प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । आइतबार ट्वान्टी–२० क्रिकेट विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । त्यसपछि कश्मीरी पृष्ठभूमिका केही विद्यार्थीले पाकिस्तानको जितमा उत्सव मनाएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
आग्रा प्रहरीका एसपी विकास कुमारका अनुसार जगदीशपुर प्रहरी चौकीमा ‘राष्ट्रविरोधी’ सन्देश दिने गरी पाकिस्तानको जितमा खुसियाली मनाएको भन्दै केही विद्यार्थीविरुद्ध उजुरी परेको थियो । ती विद्यार्थी राजा बलवन्त सिंह(आरबीसीएस) इन्जिनियरिङ कलेजमा अध्ययनरत भएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बुधबार उत्तर प्रदेश प्रहरीले ट्विट गर्दै ‘भारतीय क्रिकेट टिमविरुद्ध अपमानजनक टिप्पणी गर्दै राष्ट्रविरोधी गतिविधिमा संलग्न भएको’ आरोपमा ५ जनालाई पक्राउ गरिएको जानकारी दिएको थियो । सीएनएनका अनुसार आरबीएस कलेजका ३ जना विद्यार्थीलाई पक्राउ गरिएको छ । उनीहरुलाई भारतको सूचना प्रविधि ऐनअनुसार ‘साइबर आतंकवाद’ को मुद्दासमेत लगाइएको छ ।

भारतमा अहिले पनि औपनिवेशिक कालकै राजद्रोहसम्बन्धी कानुन प्रचलनमा रहेको छ । जसमा बोलेर वा लेखेर वा संकेत वा दृश्यमार्फत सरकारप्रति घृणा फैलाउने वा असन्तुष्टिलाई उत्तेजित तरिकाले प्रस्तुत गर्नुलाई राजद्रोहका रूपमा परिभाषित गरिएको छ ।

Facebook Comments Box