एमाले पुर्व सांसद तमाङ्गलाई रकम हिनामिना र ठगीकाे आराेपमा १८ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं ।
नेकपा एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई थप १८ दिन हिरासतमै राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । तामाङलाई थप १८ दिन हिरासतमै राखी अनुसन्धान गर्न अनुमति दिइएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए ।
तामाङमाथि संगठित अपराधमा अनुसन्धान भैरहेको महतो बताए । उनीमाथि ११२६ वटा जाहेरी र ४ अर्ब ६१ करोड बिगो दाबी गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई दुई हप्ताअघि पक्राउ गरेको थियो ।
तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
….
Facebook Comments Box
