तालिवानकाे शासनमा अफगानिस्तानकाे स्वास्थ्य संस्था ध्वस्त

सेयर गर्नुहोस


कावुल ।तालिवानको सत्तापछि अफगानिस्तानको स्वास्थ्य क्षेत्र अन्धकारतर्फ धकेलिएको छ। अफगानिस्ताका दुई तिहाई अस्पतालमा औषधि र अक्सिजन अभाव भएसँगै त्यहाँको स्वास्थ्य क्षेत्रको भविष्य अन्धकारतर्फ धकेलिएको हो ।

कावुलको गैर नाफामुखी संस्था इन्टिग्रिटी वाच अफगानिस्तानले हालै सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार अफगानिस्तानका अस्पतालहरु औषधिविना चलिरहेका छन् भने विगत चार महिनादेखि स्वास्थ्यकर्मीहरुले तलबविना काम गरिरहेका छन् ।

करिब दुई महिनाअघि तालिवानले सत्ता कब्जामा लिएसँगै अफगानिस्तानको स्वास्थ्य क्षेत्रको भविष्य स्पष्टरुपमा अन्धकारतर्फ धकेलिएको सो अध्ययनले उल्लेख गरेको छ । ‘अफगानिस्तानको स्वास्थ्य प्रणाली विदेशी दातामा निर्भर भएतापनि तालिवानले सत्ता कब्जा गरेपछि अधिकांश दाताहरुले देशमा सहयोग पठाउन बन्द गरे ।
जसको कारण अस्पतालहरुमा औषधी, अक्सिजनलगायत अन्य स्वास्थ्य उपकरण अभाव छ,’ सर्वेक्षण समुहका प्रमुख इजातुल्लाह अदितले भनेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अफगानिस्तानका ३ प्रतिशत स्वास्थ्य सेवा मात्र सञ्चालन भइरहेका छन् भने त्यसबाहेक देशभरका तीन तिहाइ सेवाहरु बन्द हुने अवस्थामा छन्।हाल करिब ६५ प्रतिशत स्वास्थ्य सेवाहरु करिब बन्द हुने अवस्थामा छन् ।

Facebook Comments Box