कैलालीमा भएको गौ हत्याको बिरुद्धमा चन्द्रौटामा पत्रकार सम्मेलन

सेयर गर्नुहोस

कपिलवस्तु, पुस १२
कैलालीमा १ सय २० वटा गाईगोरु मारेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टि कपिलवस्तुले विरोध जनाएको छ । धार्मिक स्थल कैलालीको गोदावरी वनमा १ सय २० वटा गाईगोरु मृत अवस्थामा भेटिए पछि पार्टिले विरोध जनाएको छ ।

आज चन्द्रौटामा राष्टिय प्रजातन्त्र पार्टीले कैलालीमा गौ हत्या गरी मासु खाएको भन्दै यस्ता ब्यत्तिलाई प्रसासनले तुरुन्त प्रक्राउ गरी कार्बाहि गर्न माग गर्दै पत्रकार सम्मेलन गरेको छ ।

पत्रकार सम्मेलनलाई संबोधन गर्दै राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा युवा नेता अजय थापाले हिन्दु धर्मालम्बिको बहुल्यता भएको गाईको पुजा गरिने देश नेपालमा यस्तो कार्य आपत्तिजनक रहेको भन्दै जबर जस्ति धर्म परिबर्तन गराउन खोज्ने,धर्मको गलत प्रचार प्रसार र बिकृती ल्याउन खोज्ने,हिन्दु धर्मको बिरोध गर्न खोज्नेलाई राप्रापाले कुनै पनि हालतमा नछोडने जेतावनी दिनु भएको छ ।

त्यस्तै राष्टिय प्रजातन्त्र पार्टीका क्षेत्रिय वरिस्ट उपाध्यक्ष चुरामणि तिवारीले सरकारले यस्ता कु कार्य गर्ने ब्यत्तिलाई कार्बाहि नगरे यस्को बिरोधमा अन्य कार्यक्रम गर्ने समेत बताइएको छ ।

Image may contain: 5 people, indoor
Facebook Comments Box