चीनको सैन्य उपस्थितिले एसियाको शान्ति खलबलिने ताइवानको चेतावनी 

सेयर गर्नुहोस


बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको टापु क्षेत्रमा सैन्य चाप अझै बढाउन निर्देशन दिएका छन्। उनले मंगलबार चीनको उच्चस्तरीय सैन्य अधिकारीसँगको भेटपछि सो निर्देशन दिएका हुन्।

चिनियाँ स्रोतका अनुसार राष्ट्रपति सीले मंगलबार चीनको सबैभन्दा ठुलो सैन्य निकाय सेन्ट्रल मिलिट्रि कमिसनसँग भेट गरेका छन्। यसै महिनाको सुरुवातमा अमेरिका र जापानसहित अन्य छवटा लोकतान्त्रिक मुलुकले ताइवाननजिकै सामुद्रिक टापुमा सैन्य अभ्यास गरेको सन्दर्भमा राष्ट्रपति सीले सो भेट गरेको बताइएको छ।

चीनले गत शुक्रबारदेखि निरन्तर ताइवानको वायु रक्षा क्षेत्रमा ठुलो संख्यामा आफनो युद्धक विमान पठाइरहेको छ। विगत तीन दिनमा चीनले करिब १५० युद्धक विमान ताइवानको रक्षा क्षेत्रमा पठाएको छ।

यता ताइवानले चीनले सूचनाबिना आफ्नो रक्षा क्षेत्रमा विभिन्न बहानामा युद्धक विमान पठाएको भन्दै आपत्ति जनाइरहेको छ। मंगलबार ताइवानका राष्ट्रपति साई इङ वेनले चीनको गतिविधिले एसिया क्षेत्रमा शान्ति खलबलिने र विनाशकारी अवस्था आउन सक्ने चेतावनी दिएकी छिन्।

Facebook Comments Box