पाकिस्तानका प्रधानमन्त्री इमरान खानकाे राजिनामा माग

सेयर गर्नुहोस

इस्लामावाद । पाकिस्तानमा विपक्षी दलका नेता र पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएल–एन) ले प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरेका छन्। प्यान्डोरा पेपर्समा प्रधानमन्त्रीसहित कैयौँ मन्त्रीको नाम सामेल भएपछि उनीहरुले खानको राजीनामा माग गरेका हुन्।

पिएमएल–एन सचिवालयका निर्देशक असन इक्वालले पत्रकार सम्मेलनमा भनेका छन्, ‘प्यान्डोरा पेपर्सको खुलासामा प्रधानमन्त्री इमरान खानको नाम देखिएकोले उनले नैतिकताको लागि भएपनि राजीनामा दिनै पर्छ।’

अन्तर्राष्ट्रिय खोज पत्रकारहरुको एक सञ्जालले प्यान्डोरा पेपर्समार्फत संसारका नेता, राजनीतिज्ञ, अर्बपति र सेलेब्रेटी आदिले गोप्य धन लेनदेनबारे हालसम्मकै ठुलो परिमाणको खुलासा गरेको थियो। सो खुलासामा पाकिस्तानका प्रधानमन्त्री इमरान खान, उनको प्यानलका अन्य व्यक्ति र मन्त्रीहरुसहित सात सय पाकिस्तानी व्यक्तिको नाम समावेश थियो।

Facebook Comments Box