अर्घाखाँचीमा यात्रु साहायता कक्ष को स्थापना

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
१५ असोज अर्घाखाँची ।
जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले एक कार्यक्रम का बिच नजिकदै गरेको बिजया दशमी तथा दिपावली को बेला भिडभाड हुने यात्रु हरुलाइ आबगमनमा असहज हुन सक्ने भन्दै जिल्लाको शान्ति बगैंचा ,ठाडा र चुत्राबेसी को भक्तीटोला गरि तीन ठाउँमा यात्रु साहायता कक्ष को स्थापना गरेको छ।

जिल्ला प्रशासन कार्यलय का निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापाको प्रमुख आतिथ्यतामा उदघाटन गरिएको कार्यक्रममा नेपाली सेना ईश्वर बकस गुल्म का सेनानी आदित्य सिलवाल, शसस्त्र प्रहरी बल गुल्म का गुल्मपति रामकृष्ण महर्जन , रास्ट्रिय अनुसन्धान का प्रमुख बिनय चत्रुबेदी , सन्धिखर्क नगरपालिका वडा न. १ का वडा अध्यक्ष युबराज बन्जाडे,, नेपाल मानव अधिकार संगठन का जिल्ला उपाध्यक्ष बिष्णु बस्नेत , देउराली यातायात प्रा.लि का अध्यक्ष गोबिन्द बन्जाडे,टेक्सी ब्याबसायी समितिका अध्यक्ष महेन्द्र भुसाल पश्चिम् नेपाल बस ब्याबसाही प्रा.लि का प्रतिनिधि कमल घिमिरे लन्का यातायात प्रा. लि का अध्यक्ष कृष्ण भुसाल नेपाल पत्रकार महासंघ का अध्यक्ष लगायत संचारकर्मी को उपस्थित रहेको थियो ।

साहायता कक्ष को स्थापना गर्नु को उदेश्य माथी प्रकाश पार्दै कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले सस्कृती परम्परा अन्तरगत चाडपर्व मान्न मनाउन मानिस हरुको आबतजाबत मा भिडभाड बढ्ने कोबिड संक्रमत कायमै रहेको, हरेक किसिमका आबतजाबत मा असहजता हुन सक्ने सबै किसिमका असहजता लाई सहजीकरण गर्न साहायता कक्ष को स्थापना गरिएको, उल्लेख गर्दै यातायात ब्याबसाही तथा चालक सहचालक हरुलाइ यात्रुमैत्री ब्याबहार गर्न समेत निर्देशन दिएका थिए उनले नागरिक मैत्री ब्याबहार गर्न सबै पक्ष लाई अनुरोध समेत गरेका थिए ।

जिल्ला प्रहरी कार्यलय अर्घाखाँची का प्रमुख प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा को अध्यक्षता मा सम्पन्न कार्यक्रम मा सन्धिखर्क नगरपालिका वडा न. १ का वडा अध्यक्ष युबराज बन्जाडे टेक्सी यातायात ब्याबसायी समिति का अध्यक्ष महेन्द्र भुसाल नेपाल पत्रकार महासंघ का अध्यक्ष लागायतका अतिथि हरुले शुभकामना मन्तव्य ब्याक्त गरेका थिए ।

कार्यक्रम जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन शाहा को संचालनमा सम्पन्न भएको थियो ।

Facebook Comments Box