पाकिस्तानमा ४० मध्ये २४ प्रतिशत शिक्षित व्यक्ति बेरोजगार

सेयर गर्नुहोस


इस्लामावाद । पाकिस्तानमा करिब २४ प्रतिशतभन्दा बढी शिक्षित व्यक्ति बेरोजगार भएका छन्। कोरोना महामारीका कारण करिब ४० प्रतिशत शिक्षित व्यक्तिमध्ये २४ प्रतिशतभन्दा बढी शिक्षित व्यक्ति बेरोजगार भएका हुन्।

पाकिस्तान इन्स्टिच्युट अफ डेभलपमेन्ट इकोनोमिक्स (पिआइडिई)ले सोमबार एक रिपोर्ट सार्वजनिक गर्दै देशभर हाल २४ प्रतिशत भन्दा बढी शिक्षित व्यक्तिहरु बेरोजगार छन्। सो रिपोर्टअनुसार पाकिस्तानमा बेरोजगार हुनेको संख्या १६ प्रतिशतले बढेको छ।

पाकिस्तानमा करिब ४० प्रतिशत शिक्षित महिला समेत बेरोजगार रहेको पिआइडीईको रिपोर्टमा उल्लेख छ। स्नातक र स्नात्तकोत्तर शिक्षा हासिल गरेका व्यक्तिलाई सो रिपोर्टमा शिक्षित देखाइएको डन न्यूजमा समाचार छ।

Facebook Comments Box