तालिबानको अफगानिस्तान कब्जापछि पाकिस्तानमा आतंकवादी हमला बढ्यो

सेयर गर्नुहोस
प्रतिनिधि तस्बिर

इस्लामावाद। तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि पाकिस्तानमा आतंकवादी हमला बढेको तथ्य बाहिरिएको छ। साउथ एसिया टेरोरिज्म पोर्टलले तालिबानको कब्जापछि पाकिस्तानमा आतंकवादी हमला बढेको तथ्य सार्वजनिक गरेको हो।

पोर्टलको नयाँ रिपोर्टअनुसार पछिल्लो एक महिनामा पाकिस्तानमा आतंककारी हमला चार वर्षयताकै उच्च रहेको छ।

ब्लुमवर्ग न्यूज एजेन्सीले गरेको पछिल्लो समीक्षाअनुसार तालिबानले काबुल कब्जा गरेपछि अर्थात् अगष्टमा मात्र पाकिस्तानमा कम्तिमा ३५ आतंककारी हमला भएका छन्। सो हमलामा ५२ सर्वसाधारणले ज्यान गुमाएका छन्। जुन सन् २०१७ फेब्रुअरीभन्दा यताकै उच्च हो।

सबै हमलाको जिम्मा पाकिस्तानी तालिबान भनेर चिनिने टिटीपीले लिएको थियो।

Facebook Comments Box