मोदीले अफगानिस्तानको हवाई मार्ग प्रयोग गरेनन्

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानको हवाई मार्ग प्रयोग नगरी अमेरिकाका लागि उडेका छन्। चारदिने अमेरिका भ्रमणको लागि बुधबार भारतीय विमानस्थलमार्फत नन स्टप उडान भरेका उनले सो हवाई प्रयोग नगरेको बताइएको छ।
प्रधानमन्त्री मोदीले सुरक्षाको कारण देखाउँदै अफगानिस्तानको हवाई मार्गको सट्टा पाकिस्तानको हवाई मार्ग प्रयोग गरेको र पाकिस्तानले आफ्नो हवाई मार्ग प्रयोगको अनुमति समेत दिइसकेको भारतीय मिडियाले जनाएका छन्।
यसअघि सन् २०१९ मा पाकिस्तानले प्रधानमन्त्री मोदीको हवाई यात्राको लागि तीनपटक अनुमति रद्द गरेको थियो।
अमेरिका भ्रमणमा रहेका मोदीले संयुक्त राष्ट्रसंघको ७६औँ वार्षिक साधारण सभालगायत विभिन्न कार्यक्रममा भाग लिनेछन्। साथै उनी अमेरिकी राष्ट्रपति जो बाइडेनसहित विश्वका अन्य नेतासँग भेटवार्ता गर्ने बताइएको छ।
Facebook Comments Box
