चीन र लिथुनियाबिच तनाव— साइबर आक्रमणबाट बच्न ‘चिनियाँ फोन फ्याँक्न आग्रह

सेयर गर्नुहोस


लिथुनिया । लिथुनियाको रक्षा मन्त्रालयले चिनियाँ स्मार्ट फोन प्रयोगकर्तालाई पुराना फोन फ्याँक्न र नयाँ फोन नकिन्न चेतावनी दिएको छ। आफ्नो देशका उपभोक्तालाई रक्षा मन्त्रालयले सो निर्देशन दिएको हो।

लिथुनियाको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले चिनियाँ निर्माता कम्पनीबाट खरिदेको फाइभ जी मोबाइल परीक्षण गरेको थियो। सो क्रममा अनुसन्धानकर्ताहरुले चिनियाँ कम्पनीद्वारा उत्पादित साओमी सेन्सरसिप टुलमा निर्माण गरिएको र हुवाई कम्पनी साइबर आक्रमणको लागि खतरनाक रहेको बताएका छन्। सो अनुसन्धानपछि मन्त्रालयले चेतावनी दिएको हो।

‘नयाँ चिनियाँ फोनहरु नकिन्न र आफूसँग भएका पुराना फोनहरु मिल्काइदिनुस् भन्ने हाम्रो सुझाव छ’, उप रक्षा मन्त्री मार्गिरिस आबेकेभिसिअसले भनेका छन्।

ताइवानले लिथुनियामा आफ्नो प्रतिनिधि कार्यालय स्थापना गर्ने घोषणा गरेपछि गत महिना चीनले बेइजिङबाट आफ्ना राजदूत हटाउन लिथुनियासमक्ष माग गरेको थियो। त्यसयता चीन र लिथुनियाबिच तनाव बढिरहेको बताइएको छ।

Facebook Comments Box