सत्पालजी महाराजकाे जन्माेत्सवका दिन मानव धर्मको कार्यक्रममा ,४ सय ३ जनाले गरे रक्तदान
काठमाडौँ । विश्वशान्ति दिवस तथा मानव धर्म सेवा समितिका प्रणेता श्री सतपाल जी महाराजको पावन जन्मोत्सवको अवसरमा ४ सय ३ जनाले रक्तदान गरेका छन् । समितिले असार २ र ५ गते वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
रक्तदान जीवनदान, आत्म ज्ञान अतिमहान, कोरोना सङ्क्रमितको जीवन रक्षा, हाम्रो अभियान भन्ने उद्घोषका साथ समितिका देशभर रहेका शाखा आश्रमहरूमा रक्तदान कार्यक्रम गरिएको थियो । समितिको केन्द्रीय कार्यालय हंस बोध आश्रम काठमाडौँमा १ सय ५, इटहरीमा ८५, बुटवलमा ८०, वीरगन्ज ५०, सुर्खेत ५१ र पोखरा ३५ पिन्ट रगत सङ्कलन भएको समितिले जनाएको छ।
साथै समितिका सबै शाखा आश्रमहरूमा मङ्गलवार आध्यात्मिक सत्सङ्ग, सांस्कृतिक लगायतका कार्यक्रम आयोजना गरेको थियो ।
Facebook Comments Box
