एमालेकाे मेयरमाथि समाजबादीकाे मुक्का

सेयर गर्नुहोस

 

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा-४ ज्योति नगरमा गएको पहिरो निरीक्षण गर्न गएका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी माथि सोमवार मुक्का प्रहार भएको छ ।

प्रमुख सुवेदीलाई पहिरो प्रभावित गणेश पङ्गेनीले मुक्का प्रहार गरेको प्रहरीले बताएको छ । गत भदौ १३ बिहानबाट जान थालेको पहिरोले बुटवलको ज्योति नगरका स्थानीयहरू प्रभावित बन्न पुगेका छन् ।

सो पहिरो अवलोकन तथा राहत वितरणका लागि प्रभावित क्षेत्रमा पुगेका नगर प्रमुख सुवेदीलाई पङ्गेनीले मुक्का प्रहार प्रहरीले जनाएको छ ।
गए राति परेको पानीले पुनः पहिरो खसेर केही घरमा क्षति पुगेको र नाली थुनिएको सूचना पाएपछि उपमहानगरका प्राविधिक लिएर प्रमुख सुवेदी प्रभावित क्षेत्रमा गएका वेला आक्रमण भएको बुटवल उपमहानगरपालिका स्रोतले बताएको छ ।

प्रमुख सुवेदी सहित उपप्रमुख गुमा देवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रेग्मी, इन्जिनियरहरू सुमन श्रेष्ठ, योगेश चापागाईँ, लक्ष्मण अर्याल, नगर योजना आयोगका अधिकारी लगायतको टोली पुगेको बताइएको छ ।

स्थानीय नुरु प्रसाद पङ्गेनीका छोरा गणेश पङ्गेनी रहेको बुझिएको छ। पहिरोका कारण घर पूर्ण रूपमा क्षति भएपछि पहिरो पीडित नुरु प्रसादको परिवार आफन्तको घरमा आश्रय लिएर बस्दै आएको उल्लेख छ ।

गणेश वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य रहेको र उनी नेकपा एमाले विभाजित भएपछि नेकपा एकीकृत (सामाजवादी) को विद्यार्थी सङ्गठनमा आबद्ध भएको जनाइएको छ ।

Facebook Comments Box