चिनियाँ बासिन्दालाई घरबाहिर ननिस्कन निर्देशन

सेयर गर्नुहोस

बेइजिङ ।चीनको दक्षिणपूर्वी शहर सियामेनमा कोरोना संक्रमण पुन: फैलिएको छ । कोरोनोको डेल्टा भेरियन्ट तिब्र रुपमा फैलिएपछि सियामेन प्रान्त सरकारले शनिबार शहरी बासिन्दालाई घरबाट बाहिर ननिस्कन निर्देशन दिएको छ ।

शनिबार सूचना जारी गर्दै प्रान्त सरकाले स्थानीय बासिन्दालाई अत्यावश्यक कामवाहेक घरबाट ननिस्कन, पार्क एवं अन्य सार्वजनिक स्थलहरु बन्द गर्न, भीडभाड नगर्न, होटल, रेष्टुरेन्ट र चाडपर्वका कार्यक्रम बन्द गर्न, यात्रा नगर्न निर्देशन दिएको छ ।

चीनमा मध्य अगष्टदेखि सुरु भएको चाडपर्वमा मानिसहरुले भीडभाड गर्दा चीनका विभिन्न क्षेत्रमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको बताइएको छ ।

Facebook Comments Box