अमेरिका,बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सम्झौताका कारण चीनको सातो गयो

सेयर गर्नुहोस

एजेन्सी। अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सम्झौताका कारण चीनको सातो गएको छ । चिनियाँ विदेश मन्त्रालयले उक्त सम्झौतालाई गैरजिम्मेवार कदमको संज्ञा दिएको छ । चिनको प्रभाव रोक्न तीन देश सयुक्त पहल थालेका हुन । अहिले चीनमा भएको विभिन्न मानव अधिकारका हन्न का विषय समेत उठाउने भएका हुन ।

बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले तीन देशका पछिल्लो कदम संकीर्ण सोचको उदाहरण भएको बताए ।
बुधबार तीन देशबीच भएको सुरक्षा सम्झौतामार्फत अस्ट्रेलियालाई परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी उपलब्ध गराइने भएको छ । सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्ससँगको ५० अर्ब अस्ट्रेलियन डलरबराबरको रक्षा सम्झौता रद्द गरेको छ । एसिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव रोक्नका लागि तीन देशले उक्त सम्झौता गरिएको बताइएको छ । ‘ओकस’ नाम दिइएको उक्त सम्झौतामा आर्टिफिसियल इन्टेलिजेन्स्, क्वान्टम टेक्नोलोजी र साइबर सुरक्षाका विषयलाई समेट्ने बताइएको छ । अहिले अमेरिकाले चीनको रास्ट्रपतिलाई फोनवार्ता गरे उसको रणनीतिमा कुनै परिवर्तन आएको छैन । अमेरिकाका रास्ट्रपति जो बेडेन ले चीन लाई चुनौती दिन तयार रहेका छ्न ।

लामो समयदेखि विवादित बनेको उक्त क्षेत्रमा हतियारको अन्तर्राष्ट्रिय रूपमा हुने ओसारपसार रोक्ने प्रयासमा धक्का पुग्ने पनि प्रवक्ता लिजियानको टिप्पणी छ । अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको नयाँ सम्झौताले क्षेत्रीय शान्ति र स्थायित्वमा खलल पु¥याउने पनि उनको भनाइ छ । बेलायत र अमेरिकाले अति संवेदनशील मानिएको परमाणु पनडुब्बी अस्ट्रेलियालाई उपलब्ध गराएर ’भूराजनीतिक खेल’ खेलेको चीनको आरोप छ ।

त्यस्तै अहिलेको सम्झौताले ती देशको दोहोरो चरित्र देखाएको पनि प्रवक्ता लिजियानको टिप्पणी छ । सुरक्षा सम्झौता एकदमै गैरजिम्मेवार तरिकाले गरिएको र अस्ट्रेलियाले आफूलाई चीनको विरोधीका रूपमा उभ्याएको पनि उनले आरोप लगाए । त्यस्तै अस्ट्रेलियाले परमाणु निशस्त्रीकरणसम्बन्धी सन्धिको उंल्लंघन गरेकाले छिमेकी मुलुकहरूले प्रश्न उठाउनुपर्ने पनि चीनको माग छ ।

कुनै पनि क्षेत्रीय संरचना तत्कालीन समयको शान्ति र विकासका लागि हुनुपर्ने र क्षेत्रीय देशको बीचमा आपसी विश्वास र सहयोग बढाउन योगदान पु¥याउनुपर्ने प्रवक्ता लिजियानले बताए । उनले यस्ता संरचना तेस्रो देशलाई निशाना बनाउनका लागि प्रयोग गर्न नहुने पनि बताएका छन् ।

हिन्द–प्रशान्त क्षेत्रमा चीनको प्रभाव ‘रोक्न’ अमेरिका, बेलायत र अस्ट्रेलियाबीच विशेष सुरक्षा सम्झौता भएको छ जस कारण चीन अहिले भडकि रहेको छ ।

Facebook Comments Box