आजादीका अमृत महोत्सव’ पाक्षिक हिन्दी कार्यक्रम आयोजना गर्दै भारतीय दूतावास

सेयर गर्नुहोस

काठमाडौं ।
नेपालस्थित भारतीय दूतावासले भदाै २९ देखि असोज १२ सम्म ‘आजादीका अमृत महोत्सव’ पाक्षिक हिन्दी कार्यक्रम आयोजना गर्ने भएको छ। भदाै २९ गते आयोजना गरिएको ‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषयक वेबिनारसँगै यस कार्यक्रमको आरम्भ गरिएको हो। यस पाक्षिक हिन्दी कार्यक्रमलाई हिन्दी दिवसको रूपमा मनाउने गरिएको छ।

वेबिनारमा भारत र नेपालका ३२ हिन्दी भाषाविज्ञको सहभागिता थियो। भारतका तर्फबाट केन्द्रीय हिन्दी संस्थानका उपाध्यक्ष अनिल शर्मा, हिन्दी भाषाविज्ञ डा. विजयकुमार मलहोत्रा तथा नेपालका तर्फबाट त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका प्रमुख डा. सञ्जिता बर्मा, दिग्गज हिन्दी साहित्यकार डा. रामदयाल राकेशलगायत वेबिनारमा सहभागी थिए।

वेबिनारमा सहभागीहरूले हिन्दी भाषाको प्रयोगलाई नेपाल र विश्वव्यापी रूपमा कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्नेबारे आ–आफ्ना विचार प्रस्तुत गरेका थिए। संस्कृत, हिन्दी र नेपाली भाषा परिपूर्ण भएको उल्लेख गर्दै भाषाविज्ञहरूले यी भाषाको सांस्कृतिक एवं ऐतिहासिक पृष्ठभूमि एउटै भएकाले यी भाषाहरूबीच अनोन्याश्रित सम्बन्ध रहेको चर्चा गरे।

Facebook Comments Box