भीमबहादुर रावल भन्छन्ः अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा फुट्ने अवस्था देखिन्छ

सेयर गर्नुहोस

३१ भदौ काठमाडौ :नेकपा एमालेका उपाध्यक्ष डा. भीमवहादुर रावलले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाएको बताएका छन्। डोटी पुगेका रावलले सिलगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दल विभाजन गर्न सक्ने अध्यादेशले देशमा राजनीतिक अस्थिरता उत्पन्न गरेको बनाएका हुन्। ‘अध्यादेशले गर्दा कुनै पनि दल जुनसुकै बेलामा फुटेर जानसक्ने अवस्था रहेको उनको भनाई छ

यस्तै नेता रावलले पार्टी फुट्नु आफैमा दुःखद भएको बताउँदै नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन १० बुँदे सहमतिको पूर्ण रुपमा कार्यान्वयन गर्न रगराउन पनि आफूहरू पार्टी नेतृत्वसँ लागि परेको बताएका छन्।

Facebook Comments Box