एकीकृत समाजवादी निकट पिपुल्स भोलेन्टियरको जिल्ला अध्यक्षमा मनोज सापकोटा चयन हुनुभएको छ।
२७ भदौ अर्घाखाँची
कपिलवस्तु टाईम्स
जिल्लामा नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको पिपुल्स भोलेन्टियरको जिल्ला अध्यक्षमा मनोज सापकोटा चयन भएका छन् ।
पिपुल्स भोलेन्टियर अर्घाखाँचीको जिल्ला अध्यक्षमा शनिबार मनोज सापकोटा चयन भएका हुन् ।
नेपालगन्जमा सम्पन्न युवा संघ नेपाल लुम्बिनी प्रदेशको प्रदेश भेलाले मनोज सापकोटालाई पिपुल्स भोलेन्टियर अर्घाखाँचीको अध्यक्षमा चयन गरेको थियो ।
नेकपा एकीकृत समाजवादीका केन्द्रिय अध्यक्ष माधवकुमार नेपाल प्रमुख अतिथिमा उक्त प्रदेश भेला सम्पन्न भएको छ । साथै केही दिनमा पिपुल्स भोलेन्टियर अर्घाखाँचीको कमिटी विस्तार गरिने बताइएको छ ।
Facebook Comments Box
