कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज

काठमाडौं ,भदौ २४ ।
सर्वोच्च अदालतले कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज गरेको छ। बिहीबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गरेको हो।
कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै भदौ १८ मा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
रिटमा महामारीका समयमा महाधिवेशन गर्दा कोरोना फैलने भएकाले कोरोना नियन्त्रण भएपछि मात्र महाधिवेशन गर्ने गरी आदेश माग गरिएको थियो।
Facebook Comments Box
