चीनले सिनजियाङ्गलाई उइगुर मुस्लिमहरुको लागि ‘डिस्टोपियन हेलस्केप’ अर्थात नरक क्षेत्र बनायाे : एम्नेस्टी

सेयर गर्नुहोस
टर्कीमा बस्ने उइघुर समुदायका सदस्यहरुकाे जुन २०२१ इस्तानबुल मा चिनियाँ वाणिज्य दूतावास बाहिर विरोध प्रदर्शन

एजेन्सीहरु। अन्तर्राष्ट्रिय मानव अधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले दाबी गरेको छ कि चीनले सिनजियाङ्ग क्षेत्रमा उइगर मुस्लिमहरुको सामूहिक नजरबन्द, यातना र उत्पीडन गरिरहेको छ।

एम्नेस्टी इन्टरनेसनलका महासचिव एग्नेस क्यालामर्ड ले भने अनुसार उनीहरुको रिपोर्टले मानवता बिरुद्धको अपराधको विस्तृत प्रमाण, ठूलो मात्रामा मानव अधिकार उल्लंघन र एक डरलाग्दो मापदण्डमा डिस्टोपियन नरक दृश्यको खुलासा गरेकाे ‘द इन्डेपेन्डेन्ट युके’ पत्रिकामा खबर छापिएकाे छ।

रिपोर्टमा भनिएको छ कि सिनजियाङ्गमा मुस्लिमहरु संसारमा सबैभन्दा नजिकबाट निगरानी गरिएको जनसंख्या हुन सक्छ ।

Facebook Comments Box