अर्घाखाँची बाट आज २ जना वडा सदस्यहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गरे

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
२०भदौ अर्घाखाँची
अर्घाखाँची जिल्लामा आज २ जना वडा सदस्यहरुले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् ।

आज नेकपा एमाले अर्घाखाँची सितगंगा नगरपालिका वडा न ६. का निर्बाचित वडा सदस्य गोबिन्द प्रसाद पोख्रेल र सितगंगा नगरपालिका वार्ड नं. १३ का निर्वाचित वार्ड सदस्य जिबलाल क्षेत्रीले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका हुन ।

उनीहरुले २० गते आइतबार जिल्ला निर्वाचन कार्यालय अर्घाखाँची पुगेर आफू नेकपा (एकीकृत समाजवादी)मा रहेको सम्पूर्ण व्यहोरा सहित सनाखत गरेका हुन ।

यसअघि अर्घाखाँचीमा ४ जनाले सनाखत गरिसकेका छन् । यसअघि पाणिनी गाउँ पालिका उपाध्यक्ष लक्ष्मी गौतम, नेकपा एमाले लुम्बिनी प्रदेश सामान्य प्रशासन बिभाग सदस्य तथा पाणिनि गाउँपालिका वडा न. ३ का निर्बाचित वडा सदस्य ओमप्रकाश भुसाल, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क नगरपालिका वडा न. १ कि निर्बाचित महिला सदस्य शुमित्रा मुखिया, मालारानी गाउँ पालिका वार्ड नं. ५ का वार्ड सदस्य डाल बहादुर चौहानले सनाखत गरे।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज ३५ जिल्लामा वडा अधिवेशन सम्पन्न
पाणिनी गाउँ पालिका उपाध्यक्ष सहित अर्घाखाँचीमा ३ जनाले एकीकृत समाजवादीमा सनाखत गरे

Facebook Comments Box