चीनले हङकङका लोकतान्त्रिक अभियन्ताहरु जेल चलान गर्याे

सेयर गर्नुहोस

 

हङकङ । हङकङमा सात लोकतान्त्रिक अभियन्ताहरुलाई बुधबार जेल चलान गरिएको छ । सन् २०१९ मा हङकङमा चर्केको सरकार विरोधी आन्दोलनमा गैरजिम्मेवारीपूर्ण भूमिका खेलेको अभियोगमा उनीहरुलाई ११ देखि १६ महिना सम्मको लागि जेल चलान गरिएको हो ।

जसमा मुख्य अभियन्ताहरु फिगो चान, सिभिल ह्युमन राइट्स फ्रन्टका राफेल वोङ र आभेरी एनजी, सोसल डेमोक्रेट्स पोलिटिकल पार्टीका सिद हो, येयुङ सम, अल्वर्ट हो र लियुङ क्वोक हुङ छन् ।

२०१९ अक्टोबर २० को र्‍यालीमा १० हजारभन्दा बढी नागरिकहरु आन्दोलनमा सहभागी थिए । नागरिकहरुलाई अवैधानिक रुपमा हङकङको राष्ट्रिय सभाविरुद्ध उत्रिन उक्साएको र नागरिकहरुलाई जबर्जस्ती आन्दोलनमा सहभागी गराएको ती अभियन्ताहरुमाथि अभियोग छ।

सोही अभियोगमा बुधबार हङकङको जिल्ला अदालतका न्यायाधीश जज अमान्दा वुडककले सरकार विरोधी आन्दोलनमा लागेका लोकतान्त्रिक अभियन्तालाई जेल सजाय सुनाएकी थिइन् । एजेन्सीबाट

Facebook Comments Box